काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् । नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् ।
नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका थिए । तर उनले चोटका कारण क्लबका लागि सात पटक मात्र खेले ।
सम्झौता रद्दसँगै अल हिलालले नेयमारको आगामी दिनका लागि थप सफलताको कामना गरेको छ ।
नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । उनी सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया