‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंको आदेश

‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंको आदेश


ग्लोब नेपाल
486
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको जानकारी दिएका छन् । अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको उल्लेख छ । मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर: टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’