काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार कांग्रेस नेता एवं सांसद मोहन बस्नेतले ट्रफी सार्वजनिक गरेका हुन् ।
सहिद दिवसका अवसरमा सहिद गेटमा ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक गर्नुअघि सहिद गेटमा रहेको सहिद स्मारक मोहन बस्नेत, गणेश लामा लगायतले सहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिए । त्यसअघि ट्रफी टुरको पनि आयोजना गरिएको थियो ।
सभापति कपको फाइनल खेल बिहीबार त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ । उपाधिका लागि आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र संकटा क्लबका बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया