नजिकिए मधेस केन्द्रित ८ दल

नजिकिए मधेस केन्द्रित ८ दल


ग्लोब नेपाल
216
Shares

काठमाडौं । मधेस केन्द्रित ८ दल आपसमा नजिकिएका छन् ।

मधेस केन्द्रितभन्दा पनि सत्ता केन्द्रित स्वार्थमा रुमल्लिएका उनीहरु करिब छिन्नभिन्न अवस्थामा छन् । राजनीतिक एजेण्डामा सहकार्यको वातावरण बनाउन ८ दल सम्मिलित कार्यदल गठन गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको ८ दल बैठकले सबै दलबाट १ जना रहने गरी कार्यदल गठन गरेको हो ।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, जसपाबाट मो. इस्तियाक राई, जनमत पार्टीबाट शरदसिंह यादव, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।

बैठकले राष्ट्रिय राजनीतिक एजेण्डामा एक मत कायम गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको नेताहरुले बताएका छन् ।