रचना चौधरीले लिइन् राष्ट्रिय टोलीमा डेब्यू विकेट

रचना चौधरीले लिइन् राष्ट्रिय टोलीमा डेब्यू विकेट



काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा यू-१९ टोलीकी स्पिनर रचना चौधरीले डेब्यू गरेकी छिन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार थाइल्यान्ड्सविरूद्धको खेलमा रचनाले डेब्यू गरेकी हुन् ।

उनी भर्खरै आइसिसी यू-१९ विश्वकप खेलेर फर्किएकी बलर हुन् । उनले विश्वकपमा स्कटल्यान्डविरूद्ध २ र बंगलादेशविरूद्ध १ विकेट लिएकी थिइन् ।

उनी घरेलु क्रिकेट गण्डकी प्रदेशबाट खेल्छिन् । मनिषालाई महिला टोलीका प्रशिक्षक मनोज कटुवालले डेब्यू क्याप दिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको थाइल्यान्डविरूद्ध पहिलो तीन ओभरमा ११ रन दिँदा एक विकेट लिन सफल भएकी छिन् ।