नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित



काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गर्‍याे ।

नेपालले पहिले ब्याटिङ गर्दै १४५ रनको बलियो स्कोर खडा गरेको थियो ।

नेदरल्यान्ड्सका ओपनर जोडी स्टेरी कालिस र फेबे मोल्केनबोरले नेपाललाई निराश बनाए । कालीसले अविजित ९८ रन जोड्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याइन् । उनले ६९ बलको सामना गर्दा ११ चौका र २ चौका प्रहार गरेकी थिइन् ।

माल्केनबोरले ४९ बलमा ४ चौकासहित ४८ रन जोडिन् । दुई बल बाँकी छँदा नेदरल्यान्ड्सले लक्ष्य भेट्याएको थियो ।

नेपालका कुनै पनि बलरले नेदरल्यान्ड्सका ब्याटरलाई समस्यामा पार्न सकेनन् । ब्याटिङका लागि अनुकुल पिचमा नेदरल्यान्ड्सका दुवै ओपनरले निर्धक्कसँग लक्ष्य पछ्याए ।