काठमाडौं । चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा एक युवतीले फुटबलर बन्ने सपना भेट्टाउन गरेको संघर्ष छ ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले अधिकांश समय लिएको टिजरमा उनले गरेको संघर्ष र कप्तानसम्मको यात्रा देखाइएको छ ।
टिजरमा एन्जिलासँगै अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकार देखिएका छन् । दयाहाङ र सिर्जना एन्जिलाको आमा–बुवाको भूमिकामा छन् ।
टिजरमा बुवा फुटबलर बन्ने छोरीको विपक्षमा र आमा पक्षमा देखिएका छन् ।
‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । यो चलचित्र फागुन २९ गते रिलिज हुनेछ ।
टिजर :
प्रतिक्रिया