काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध नभएको भए नेपाली समाज अहिले पनि सामन्ती शोषण र उत्पीडनमै हुने थियो भन्ने दाबी गरेका छन् ।
३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले राजतन्त्रको अन्त्य गरी राज्यलाई समावेशी चरित्रमा बदल्ने तथा सिंहदरबारमा केन्द्रित राज्य शक्तिलाई गाउँगाउँमा पु-याउने कामको जस जनयुद्धलाई दिनुपर्ने बताए ।
जनयुद्धकै कारण पछि पारिएका महिला, दलित, आदिवासी जनताति, मधेसी, थारु र मुस्लिम समुदायको राज्य सञ्चालनको तहसम्म पुहँच कायम हुन सकेको उनको भनाइ थियो । जनयुद्ध किन आवश्यक थियो र त्यसले के उपलब्धी हासिल ग-यो भन्नेबारे अहिलेको पुस्ताको मनमा पश्न खडा हुन सक्ने भन्दै उनले जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझन जरुरी रहेको बताए ।
‘एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरुले जनताको भाग्यको फैसल गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायत वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा यथास्थितिमै सुधार र टाटटुल गरेर समाजको आमूल रुपान्तरण सम्भव थिएन । र यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धको रुपमा प्रकट भएको हो’, उनले भनेका छन्, ‘‘इतिहासमै पहिलोपटक युगौंदेखि दबाइएका दलित, जनजाति, थारु, मधेसी महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीका जनता आफ्नो अधकारका निम्ति संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमा नै हुने थियौं ।’
प्रचण्डेल जनयुद्ध नभएको भए राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतवाको विकास सम्भव नहुने भन्दै आफूहरुलाई त्यसमा गर्व रहेको उल्लेख गरे । ‘जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थानापा भएको छ । जनताले चुनेका प्रतिनिधिहरुबाट संविधान बनेको छ र शासन सत्तामा थिचिएका समुदायको प्रतिनिधित्व सुनिश्चित हुने वातावरण बनेको छ । सिंहदरबारमा मुठ्ठीभर सम्भ्रान्त वर्गको हातमा रहेको शक्ति र सत्ता गाउँघरमा पुगेको छ । देशमा तीन तहको सरकार स्थापना भएको छ । राज्य सत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । आज शासनको हरेक हतमा महिला हरुको प्रतिनिधित्व अनिवार्य र दलितहरुको उपस्थिति सम्भव भएको छ । जनयुद्ध नभएको भए के त्यो सम्भव हुन्थ्यो त ?’
विशिष्ट परिस्थितिमा नेपाली जनताको अधिकार सुनिश्चित गर्ने सर्तमा आफूहरु शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भएको उनले बताए । ‘हामीले इतिहासमा पहिलोपटक नेपाली जनताका अधिकारहरु संविधानमार्फत संस्थागत गर्न सफल बन्यौं र राज्यको पुर्नसंरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो । यो जनयुद्धकै कारण सम्भव भएको हो’, प्रचण्डले भने ।
उनले जनयुद्धको प्रक्रियामा आफूहरुबाट कतिपय कमीहरु भएको स्वीकार गर्दै तर, नियतमा कहिल्यै पनि खोट नभएको दाबी गरे । ‘हामी यथास्थितिमा बस्न चाहेनौं । हामी नेपाली जनताको र नेपाली समाजको अग्रगमनको पक्षमा निरन्तर लागिरह्यौं । त्यसैले हामी खुला हृदयकता साथ आफ्नो कमजोरीको पनि समीक्षा गर्दै अघि बढिहेका छौं । आजका दिन हामीले के हासिल गयौं र के गर्न बाँकी छ भन्ने समीक्षा गर्ने दिन पनि हो’ प्रचण्डले भने ।
प्रचण्डले आफूहरुको संघर्षले व्यवस्था लिएको तर, जनताको अवस्था बदल्ने कार्यभार नसकिएको उल्लेख गरेका छन् । संविधानतः दलित समुदायको अधिकार सुनिश्चित भए पनि व्यवहारमा अझै कार्यान्वयन हुन बाँकी रहेको उनको भनाइ छ । ०५२ फागुन १ गते नेपाली जनताले सदियौंदेखिको शोषण र उत्पीडनविरुद्ध विद्रोह गरेको दिन भएको र आफूहरुका लागि यो दिन जनताको ऐतिहासिक संघर्ष र शहीहहरुको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि संकल्प गर्ने दिन भएको उनले बताए ।
जनयुद्धको ऐतिहासक दिनमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्र्दै उनले जनुद्धका क्रममा आफ्नो अूमल्य जीवन बलिदान शहदिहरुपति भापवूर्ण श्रद्धाञ्जली अर्पण गरे । यस्तै बेपत्ता र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रचण्डले सम्पूर्ण शहीद तथा बेपत्ता परिवारमा हार्दिक सम्मान व्यक्त गरे ।
प्रतिक्रिया