बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न

बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न



काठमाडौं । बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत खानेपानी मन्त्री प्रदीप यादवले सो कुराको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘थोक वितरण प्रणाली अन्तर्गतको सो पाइप मर्मत कार्य गएरातिदेखि अहिलेसम्म निरन्तर प्रयास गरी आज पूर्ण रूपमा सम्पन्न गरिएको छ ।’

उनले अहिले पानी परीक्षणको काम भइरहेको समेत बताएका छन् । परीक्षण सम्पन्न भएपश्चात् खानेपानी वितरण प्रक्रिया पुनः सुचारु गरिने समेत मन्त्री यादवले बताएका छन् ।