काठमाडौं । अर्थ मन्त्रालयको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन्। मन्त्रालयको निर्णयअनुसार भण्डारीले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
यसअघि प्रवक्ताका रूपमा रहेका महेश भट्टराई भन्सार विभागको महानिर्देशक नियुक्त भएपछि मन्त्रालयले नयाँ प्रवक्ता चयन गरेको हो। अब अर्थ मन्त्रालयका प्रवक्ताका रूपमा सहसचिव श्याम प्रसाद भण्डारीले जिम्मेवारी सम्हाल्नेछन्।
भट्टराईले भण्डारीको व्यवस्थापकीय कार्यकुशलता र समन्वय क्षमताका कारण अर्थ मन्त्रालय र सञ्चारकर्मीबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। मन्त्रालयले भण्डारीको नेतृत्वमा सूचना प्रवाहलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरेको छ।
प्रतिक्रिया