दाङ । प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटलको उद्घाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६, टरीगाउँमा वलीले सञ्चालन गरेको कोमल होटल एण्ड रिसोर्टको प्रधानमन्त्री ओलीले हिजो सोमबार उद्घाटन गरेका हुन् ।
यद्यपि उक्त होटल एक वर्षअघि नै सञ्चालनमा आएको हो । प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्न जिल्ला आएको मौका छोपेर पुरानो होटलको उद्घाटन गरेका हुन् । एमाले केन्द्रीय सदस्य वली पूर्वराष्ट्रिय सभा सदस्य हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ-३ बाट उम्मेदवार रहेकी उनी कांग्रेसका दीपक गिरीसँग पराजित भएकी थिइन् ।
प्रतिक्रिया