नेकपा एसको पोलिटब्युरो बैठक बिहान ७ बजेबाट

नेकपा एसको पोलिटब्युरो बैठक बिहान ७ बजेबाट


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बिहान ७ बजेबाट सुरु भएकाे छ। हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि एजेन्डा तय गरेको थियो ।

जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।