लिभरपुल र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

लिभरपुल र एस्टन भिल्लाको रोमाञ्चक बराबरी


ग्लोब नेपाल
81
Shares

लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एस्टन भिल्लासँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ। भिल्ला पार्कमा भएको खेलमा ६१ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । यससँगै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकको दूरी आठ अंकमा पुर्‍याउन सफल भएको छ ।

यो बराबरीका बाबजुद लिभरपुलले लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ भने एस्टन भिल्ला नवौं स्थानमा यथावत् रहेको छ। लिभरपुलले गत सेप्टेम्बरमा नटिङ्घम फरेस्टसँग एनफिल्डमा १-० ले हार ब्यहोरेपछि लिगमा पराजित भएको थिएन।

यो नतिजासँगै दोस्रो स्थानको आर्सनलसँग अंकको अन्तर बढाएको लिभरपुलले अब आइतबार म्यानचेस्टर सिटीको सामना गर्नेछ। सिटीसँगको खेल उपाधि दौडका लागि निर्णायक बन्न सक्ने आँकलन गरिएको छ। यता शनिबार आर्सनलले वेष्ट ह्यामको सामना गर्दैछ। एस्टन भिल्लाले यस खेलमा मार्कस रासफोर्डलाई पहिलोपटक सुरुआती ११ मा राखेको थियो। घरेलु टोलीका लागि रासफोर्डले राम्रो प्रदर्शन गरे, तर उनको क्रसमा भर्जिल भान डाइकले आत्मघाति गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिइएका थिए।