४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान भिड्दै

४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान भिड्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दैछ ।

दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ।

४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ। खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले बिहिबारको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताए।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्।