काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेको हो । सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो ।
सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए । निर्धारित समयभित्र ३६ वटा संशोधन परेको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया