विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउदै

विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउदै



काठमाडौं । इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन ‘केपी ओली कप’का निम्ति नेपाल आउन लागेका हुन् ।

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको पुष्टि गरे । उनले बुफोन प्रतियोगिताका दौरान नेपाल आउने निश्चित भए पनि समय भने तय भइनसकेको बताए ।

बुफोन प्रतियोगिताको समापन समारोहमा उपस्थित हुने सम्भावना उच्च छ । बुफोनको नेपाल बसाइँ करिब एक हप्ताको हुने उनको भनाइ छ ।

इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।