विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नरगिस

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नरगिस


ग्लोब नेपाल
135
Shares

बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए, जसमा उनीहरूका नजिकका परिवारका सदस्यहरू र साथीहरू मात्र उपस्थित थिए ।

रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ । गोप्य विवाह पछि, यो जोडी हाल स्विट्जरल्याण्डमा आफ्नो हनिमून मनाइरहेका छन् । नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगको सँगैको तस्बिर पनि सेयर गरेकी छिन् । नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्छन् ।

अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो । 

नरगिसको रणवीर कपूरसँगको फिल्म ‘रकस्टार’ बलिवुडमा प्रसिद्ध भएकी थिइन् । त्यसपछि उनी ‘मद्रास क्याफे’, ‘फटा पोस्टर निकाला हिरो’, ‘मैं तेरा हिरो’, ‘सगसम’, ‘अजहर’, ‘ढिशूम’ र ‘तोरबाज’ जस्ता फिल्महरूमा देखा परेकी थिइन् ।