म्यानमारसँग खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक

म्यानमारसँग खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक

कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा



काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ ।

केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलबाट तीन परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरेको छ । कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा छन् ।

अघिल्लो खेलबाट एन्जिला, बिमला चौधरी र रेखा पौडेल बेन्चमा रहँदा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु पहिलो रोजाइमा खेल्न लागेका हुन् । कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ ।

हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।