काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उनलाई पदबाट हटाउन निर्देशन दिइसकेको अवस्थामा उनलाई नहटाएको भन्दै मन्त्रालयले पत्र लेखी उनलाई हटाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री दीपक खड्का र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूका बारेमा सामाजिक फेसबुकमार्फत गैर जिम्मेवार सन्देश प्रवाह गरेकाले उनलाई सो जिम्मेवारीबाट हटाउन सञ्चालक समितिले नै घिसिङलाई निर्देशन दिएकोमा उनले त्यसको पालना नगरेको मन्त्रालयले उल्लेख गरेको छ ।
सिइओ गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री ओली तथा ऊर्जा मन्त्री खड्काको फोटो राख्दै उनीहरूलाई कालकोठरीमा पुर्याउनुपर्ने उल्लेख गरेका थिए । त्यस्तै, अर्को पोस्टमा मन्त्री खड्कालाई बिचौलिया र मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलाई कुपात्र भन्दै गाली गलौज गरेका थिए ।

प्रतिक्रिया