काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान भएको छ ।
नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । अब सोमबारदेखि लाइट टेस्टिङ (परीक्षण)को काम सुरु हुने स्टेडियमका निर्देशक विनोद कुँवरले जनकारी दिए ।
२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै याे क्रिकेट मैदान खेल्न योग्य बनाइएकाे थियाे ।
नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको निर्देशक कुँवरले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको छ । ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए ।
प्रतिक्रिया