काठमाडौं । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरूद्ध भएको छ ।
सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।
प्रतिक्रिया