नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आगामी चैत २३ गते शनिबार हुने नेपाल बार एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति चयनको निर्वाचन तालिका सार्वजनिक भएको छ। नेपाल बारमा अध्यक्ष, उपाध्यक्ष आठ, महासचिव, कोषाध्यक्ष, १४ सदस्य पदमा निर्वाचन हुनेछ।

तालिकाअनुसार मतदाता नामावली फागुन १५ गते बिहीबार ११ बजे सार्वजनिक हुनेछ। मतदाता नामावलीमा दाबी विरोध फागुन १८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि गर्न पाइनेछ।

दाबी विरोधमाथि जाँबुझ गर्न फागुन २० गते मंगलबार ११ बजेको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली फागुन २० गते मंगलबार नै अपराह्न ४ बजे प्रकाशित हुनेछ। उम्मेदवारीको दरखास्तका लागि फागुन २२ गते बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।