नेपाल र म्यानमारबीचको खेलमा पहिलो हाफ गोलरहित

नेपाल र म्यानमारबीचको खेलमा पहिलो हाफ गोलरहित



काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ ।

उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलिरहेका छन् ।

नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमारले अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । लिग चरणको अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेलमा २–२ गोलको बराबरी खेलेका थिए ।

नेपाल र म्यानमारबिच यसअघि पाँच पटक भिडन्त भएको छ । जसमा म्यानमारले तीन जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।