नेपाललाई बौद्ध कूटनीतिको केन्द्रबिन्दु बनाऔः यादव

नेपाललाई बौद्ध कूटनीतिको केन्द्रबिन्दु बनाऔः यादव


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल बौद्ध धर्म बौद्ध कूटनीतिको केन्द्रबिन्दु बन्न सक्ने बताएका छन् ।

नयाँ दिल्लीमा भारत-नेपाल सम्बन्ध, छिमेक कूटनीति र बुद्धको सिकाइको सन्दर्भिकतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

नेपाल र भारतबीचको वषौं पुरानो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई साझा समृद्धि हासिल गर्न अग्रसर हुनुपर्ने बताए । यादवले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई भौतिक र डिजिटल कनेक्टिभिटीसँग जोड्न सकिने उल्लेख गरे । पूर्वाधार विकास, सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन तथा जनता तानजबीचको सम्बन्ध सुदृढ गरी क्षेत्रीय भावनामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

‘यस क्षेत्रमा शान्ति, पारस्परिक सम्मान, समृद्धि र स्थायित्व प्रवर्द्धनका लागि छिमेकीका रूपमा मात्र नभई साझेदारका रूपमा काम गर्ने अवसर हामीसँग छ’, ‘यादवले भने, ‘अहिंसा र शान्तिका प्रवर्तक भगवान गौतम बुद्धका शिक्षाको विरासतले नेपाल र भारतका लागि मात्र नभई दक्षिण एसिया र विश्वका अन्य भागहरूबीचको सभ्यता र सांस्कृतिक पुलको रूपमा काम गर्दछ ।’

यादवले नेपाल र भारतका व्यवसायीलाई नेपालको जलविद्युत, पर्यटन र उत्पादनमूगलक क्षेत्रमा मिलेर लगानी गर्न अपिल गरे । यादवले नेपाल-भारत-बंगलादेशबीच भएको ऊर्जा सम्झौता दक्षिण एसियामै क्षेत्रीय सहकार्यको नमूना भएको बताए ।

यस्तै हालै भारतको यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली र नेपालको भुक्तानी प्रणालीलाई एकीकृत गरी डिजिटल भुक्तानीको सुरुआत भएको चर्चा गर्दै यादवले त्यसले दक्षिण एसियाली क्षेत्रमा व्यापार, पर्यटन, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा अनुभव आदान प्रदानलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

दक्षिण एसियाली मुलुकहरुबीचको सम्बन्ध राजनीति र अर्थतन्त्रमा मात्र सीमित नभई हाम्रा साझा इतिहास, साझा आकांक्षा, साझा विश्वव्यापी महत्वाकांक्षा र साझा जिम्मेवारी रहेको भन्दै यादवले । सार्क र बिमस्टेक जस्ता क्षेत्रीय संगठनहरुमार्फत ती क्षेत्रमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।