विकास निर्माणका काम कुनै पनि बहानामा रोक्न मिल्दैनः सांसद खतिवडा

विकास निर्माणका काम कुनै पनि बहानामा रोक्न मिल्दैनः सांसद खतिवडा


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीवार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि संचारकर्मीहरु कुराकाकानी गर्दै खतिवडाले यस्तो बताउका हुन् ।उनले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताए । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड सांसद खतिवडाको जोड छ ।

सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको, तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरुले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।सबै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निस्कर्षमा पुग्ने उनको भनाइ छ ।