कटारी । यही फागुन १० गतेदेखि जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ । यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौंको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् ।
गत बिहीबार भएको सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो ।
उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्र सहित तीन लाख तथा उपविजेतालाई एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको एक सहित आठ टोलीले भाग लिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक भएको भिडियोमा ट्रम्पले धेरैपटक ठूलो स्वरमा नबोल्न जेलेनेस्कीलाई चेतावनी दिएको सुनिन्छ । भेटघाटमा अप्रिय भनाभनपछि अमेरिकी अधिकारीहरुले जेलेनेस्की र उनको भ्रमण दलका सदस्यहरुलाई ह्वाइट हाउसबाट तत्काल बाहिरिन आदेश दिएका थिए ।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार जेलेनेस्की निराश मुद्रामा ह्वाइट हाउसबाट बाहिरिएका छन् । उनी ह्वाइट हाउसबाहिरबाट गाडी चढेर हिंडेको भिडियोमा देखिएको छ ।
प्रतिक्रिया