बिपि राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी

बिपि राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी


ग्लोब नेपाल
108
Shares

सिन्धुली । गत असोजमा आएको बाढिले भत्किएको बिपि राजमार्गस्थित सिन्धुलीतर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपालथोकसम्मको करिब साढे तीन किमि सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारश हमालले जानकारी दिए ।

अबको केही दिनमै ठेक्का सुचना निकाल्ने तयारीमा कार्यालय जुटेको उनको भनाई छ । २ बर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का आव्हान गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए ।

पुनर्निर्माण हुने बिपि राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ । भ्याट र अन्य करबाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरि ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ ।

गत असोजको बाढिले सिन्धुलीको सुनकोसी गाउपालिकाको नेपालथोक देखि काभ्रेको भकुण्डे नजिकसम्म करिब १२ किलोमीटर सडक पूर्णरुपमा बगाएको थियो ।

सडक बगाएपछि हाल अस्थायी रुपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सन्चालन हुँदै आएको छ । रोशिको बगरबाट अस्थायी रुपमा सञ्चालन भएको सडकलाइ समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए ।