काठमाडौं । पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की उम्मेदवार भूपेश्वरी ऐर (भूपी) विजयी भएकी छन् । बिहीबार राति नै ऐर विजयी भएको घोषणा गरिरएको थियो।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । उनी यसअघि सचिव पदमा निर्वाचित भएकी थिइन् । यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
६ हजार २ सय ३ मतदाता रहेको पिके क्याम्पसमा १ हजार ६ सयभन्दा बढी मत खसेन । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराकी भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उम्मेदवारी दर्ता गराउँदासम्म नेविसंघले उनको प्यानललाई आधिकारिक मान्यता दिएको थिएन । त्यसैले स्वतन्त्र समूहबाट उनीहरुले उम्मेदवारी मनोनय गराएका थिए । पछि नेविसंघले उनकै प्यानललाई आधिकारिक मान्यता दिएको थियो ।
प्रतिक्रिया