‘चिनिया’ फिल्ममा नेपाली कलाकार

‘चिनिया’ फिल्ममा नेपाली कलाकार


ग्लोब नेपाल
189
Shares

काठमाडौं । चिनियाँ चलचित्रमा नेपाली कलाकारले पनि अभिनय गर्ने भएका छन् । नेपालमामा ५० प्रतिशत छायांकन हुने चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’मा नेपाली कलाकारले पनि काम गर्ने भएका हुन् । यस चलचित्रमा नेपालका चलेका कलाकार पनि निर्माणपक्षले जनाएको छ ।

को को नेपाली कलाकार रहनेछन् त्यो भने हालसम्म निश्चित भइसकेको छैन । केही कलाकारकारसँग कुरा भइरहेको छ । चलेकै कलाकारलाई अनुबन्ध गराउने प्रयास भइरहेको निर्माणपक्षले जनाएको छ ।नेपालमा ५० प्रतिशत सुटिङ हुने चलचित्रको बाँकी छायांकन चीनमै हुनेछ ।पाँच अर्ब नेपाली रुपैयाँमा बन्न लागेको फिल्मनेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने ‘लिभ फरेवर एन्ड नेभर डाई’मा नेपाल हेड प्रभाकर खड्काले जानकारी दिए ।

लिभ फरेवर एन्ड नेभर डाई’ चिनियाँ निर्देशक हेरीले गर्नेछन् । केही दिन अगाडि सानो संख्यामा नेपाल आएको चलचित्र निर्माण टोलीले काठमाडौंमा होली पर्वको सिन खिचेको छ । ‘लिभ फरेवर एन्ड नेभर डाई’मा बुद्ध धर्मसँग सम्बन्धित कल्चरसँगै नेपाली संस्कृति समेट्न लक्ष्य रहेको छ । ‘लिभ फरेवर एन्ड नेभर डाई’ सन् २०२६ को चिनियाँ नयाँ वर्षमा रिलिज गर्ने निर्माणपक्षको योजना छ । नेपालमा पनि यो चलचित्र प्रदर्शन हुनेछ ।