राजा फर्काउने आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर

राजा फर्काउने आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । राजा फर्काउने आन्दोलन परिचालन समितिको संयोजक डा. धवलशमशेर राणालाई तोकिएको छ । संयुक्त जनआन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिको बैठकले राणालाई संयोजक तोकेको हो ।

संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको लक्ष्यमा गोलवद्ध राजनैतिक दल, संघसंस्था तथा अभियानहरुको सहभागिता रहेको बैठकले राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरु समेत गठन गर्दै लैजाने वैठकले निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा रही एकतावद्ध भई सहकार्य गर्नका लागि सम्पूर्ण राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरुलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।