जिरो बीको पानी अब नेपालमा

जिरो बीको पानी अब नेपालमा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । जिरो बी ब्राण्डको पानी अब नेपालमा पनि पाइने भएको छ । गत शुक्रबार खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्रान्ड पानीको शुभराम्भ गरेका हुन् । कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति र ब्यापारीहरूको उल्लेखनीय सहभागिता थियो ।

जिरो बी ब्रान्डको शुभराम्भसँगै नेपालमा पानी शुद्धिकरण समाधानको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ । प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ वर्ष भन्दा बढीको अनुभवसहित जिरो बीले नेपालमा पनि सेवा विस्तार गरेको बताइएको छ । जिरो बी लोन एक्सचेन्ज इण्डिया लिमिटेडको प्रमुख ब्रान्ड हो ।

पिउने पानी शुद्धिकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि जिरो बी परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरूको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।