काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आज गोरखा मनकामना मन्दिरमा पूजा अर्चना गरेका छन ।
गोरखा भ्रमणका क्रममा आज बिहान उनी मन्दिरमा पुगेर पुजाअर्चना गरेका हुन् । सो क्रममा राजवादी र सुबेच्छुकहरुले उनको भब्य स्वागत गरेका थिए । मन्दिरमा पुगेका समर्थकहरुले राजसंस्थाको पक्षमा नारावाजी समेत गरेका छन् ।
यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार गोरखाका धार्मिक स्थलमा विशेष पूजा अर्चना गरेका थिए । शाहले शनिबार गोरखा दरबारस्थित गोरखाली मन्दिर र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् । गोरखनाथ मन्दिरसँग शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ ।
सो क्रममा पूर्व राजा शाहले लामो समयपछि आफ्नै पूर्खाको थलो गोर्खा आउँदा खुसी लागेको बताउँदै कसैको कुभलो नचिताउन र देशमा शान्ति बनाइराख्न सबैलाई आग्रह गरेका छन् । गोरखकाली मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरिसकेपछि एभिन्यूज खबरसँग कुराकानी गर्दै उनले केही गर्न कसैले डराउन नपर्ने भन्दै सबैको शान्ति र समृद्धिको कामना गरेका थिए ।
आफ्नो पूखौँली थलो पुगेका शाहलाई स्थानीयले हरेक वर्ष पूजा अर्चनामा सहभागी हुन अपिल गरेका छन् ।
प्रतिक्रिया