काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
सरकारले घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेकाे छ ।
त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया