प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्बसम्मत रूपमा चयन गरेको घोषणा गरेका हुन् ।

उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन भने पमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।

 महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएकाे भन्दै नामावली घाेषणा गरेका छन्  । 

यसिमाले अस्विकार गरिन चौतारीको प्रतिष्ठान ईन्चार्ज

यसिमा महतले प्रेस चौतारीले दिएको प्रतिष्ठान ईन्चार्ज अस्वीकार गरेकी छिन् । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको क्रममा उनलाई प्रतिष्ठान ईन्चार्ज घोषणा गरिएको थियो। घोषणा गरिएको १ घन्टा भित्रमा उनले सो पदमा नरहने घोषणा गरेकी हुन्।

मेरो अनुमति विना मलाई प्रतिष्ठानको इञ्चार्ज घोषणा गरेकोमा मेरो आपत्तिसहित चौतारीको साधारण सदस्य मात्रै रहने जानकारी गराउॅदछु उनले सामाजिक सञ्जालवाट जानकारी गराएकी छिन्। निबर्तमान अध्यक्ष गणेश बस्नेतले महतलाई प्रदेश ईन्चार्ज भनेर घोषणा गरेका थिए। उनी बस्नेत नेतृत्वको जनता टाईम्स डट कमकी पनस सम्पादक हुन्।