तीनकुने क्षेत्र रणमैदान बनेपछि सशस्त्र प्रहरीले गर्‍यो हवाइफायर

तीनकुने क्षेत्र रणमैदान बनेपछि सशस्त्र प्रहरीले गर्‍यो हवाइफायर



काठमाडौं । तीनकुने क्षेत्र रणमैदान बनेपछि सशस्त्र प्रहरीले हवाइ फायर गरेको छ । यहाँको एउटा घरमा लागेको आगो निभाउन सिनामंगलतिरबाट आएको पानीको फोहोरा हान्ने गाडीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् । ढुंगामुढाबाट बच्न प्रहरीले चार राउन्ड हवाइफायर गरेका थिए ।

प्रहरीको अश्रुग्यास र पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केहि घाइते भएका छन् ।

राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो ।