काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादीहरूले जलाएका छन् ।
भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादीको समूहले बालकुमारीको सिसिआरसी कलेज अगाडि फेला पारेको थियो ।
उनलाई उतारेर त्यहीँ गाडीमा आगजनी गरिएको परियारले जानकारी दिए ।
‘म भक्तपुरतर्फ जाँदै थिएँ । उनीहरूले बालकुमारी पुलनजिकै प्रदर्शनकारीसँग जम्काभेट भयो । उनीहरूले मलाई उतारे। गाडीमा आगजनी गरे,’ परियारले भने ।
उनले आफू सुरक्षित रहेको र भर्खर भक्तपुर आइपुगेको बताए ।
राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ ।
लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो । अहिले नेपाली सेना तीनकुने, जडिबुटी क्षेत्रमा तैनाथ भएको छ ।
प्रतिक्रिया