चलचित्र प्रचारका लागि एन्जिला नेपालमा

चलचित्र प्रचारका लागि एन्जिला नेपालमा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रदर्शनरत सफल चलचित्र ‘अञ्जिला’ की प्रमुख पात्र तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार काठमाडौं आएकी छन् । आफ्नै जीवनमा आधारित चलचित्रको प्रचारका लागि उनी ग्रिसबाट नेपाल आएकी हुन् । चलचित्रका निर्देशक मिलन चाम्सले एन्जिला काठमाडौं उपत्यकाका हलहरूमा दर्शक भेट्न पुगेको बताए । उनी आइतबारदेखि पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्ने निर्देशक चाम्सले बताए ।

चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ । बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको उल्लेखीय व्यापार गरेको निर्देशक चाम्सले जानकारी दिए ।