काठमाडौं ।प्रहरीले राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न रहेका १०५ जनालाई पक्राउ गरेकाे छ ।
अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ ।
आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार छन् ।
प्रतिक्रिया