एउटै मञ्चमा देखिए प्रधानमन्त्री ओली,रावल र नेता नेपाल

एउटै मञ्चमा देखिए प्रधानमन्त्री ओली,रावल र नेता नेपाल


ग्लोब नेपाल
6.1k
Shares

काठमाडौं । केही समय अधिमात्रै सत्ताको प्रमुख घटक दल नेकपा (एमाले) ले बाट निष्कासित नेता डा. भीम रावल सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा देखिएका छन् ।

गत पुस १० गते एमालेबाट निष्काशनमा परेपछि एकीकृत समाजवादी प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने चर्चा चलेपनि रावल अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन ।

राजावादीहरुको प्रदर्शनका क्रममा गत शुक्रबार आगजनी भएको एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्था अनुगमन गर्न सोमबार आलोकनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रावल पनि देखिएका हुन् ।

एमाले अध्यक्ष ओलीका कट्टर आलोचक भएकै कारण पार्टीबाट निष्कासित भएका उनी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एउटै लाइनमा बसेका थिए ।