रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ ।

रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ । मन्त्रालयले दुई देशको सम्बन्धलाई झल्काउने खालका माफीका कार्यक्रमलाई उच्च सम्मान गर्ने बताएको छ ।

मन्त्रालयले आवुधाबीमा रहेको नेपाली दूतावासको आग्रह अनुसार यूएईले माफी दिइएको भन्दै धन्यवाद पत्र सार्वजनिक गरेको छ ।

“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।

यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको थियो ।