काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ ।
अन्तर्रास्ट्रिय उडान स्थगित भएपछि होटल र पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायि चिन्तित भएका छन् । अप्रिल एक देखिको उडानका लागि कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडान तालिका पेश नगरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल बाट उडान भर्दै आएका चार वटा अन्तर्राष्ट्रिय कम्पनीले सोमबारदेखि नै कुनै उडान गरेका छैनन । भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल चलिरहेको र छिट्टै टुंगो लगाएर नियमित उडानको प्रयास भइरहेको विमानस्थल कार्यालयको भनाइ छ ।
सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय वायुेवा कम्पनीलाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७४ प्रतिशत छुट दिइएको छ भने प्रतिकिलोलिटर हवाई इन्धनमा १ सय अमेरिकी डलर सहुलियत उपलब्ध छ ।
प्रतिक्रिया