शिक्षक महासंघद्वारा बार्ता खारेज

शिक्षक महासंघद्वारा बार्ता खारेज


ग्लोब नेपाल
6k
Shares

काठमाडौं। आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको टोलीले छलफल गर्न आज ३ बजेका लागि सिंहदरवारमा बोलाइएको थियो । तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।

बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

शिक्षक महासंघको टोली नगए पनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन्। २० चैतदेखि उनीहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।

पटक पटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।