काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनानाएका छन् ।
शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । उनले शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आउनुभएको भन्दै धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे । उनले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरु पनि सरकार बिरोधी नभएको उल्लेख गर्र्दै मागहरु परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए ।
प्रतिक्रिया