तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।