कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

कतारविरुद्ध नेपाल ८ विकेटले विजयी


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए । बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए।