सुनको मूल्य आज प्रति तोला ५ हजार ७ सय रुपैयाँ बढ्यो

सुनको मूल्य आज प्रति तोला ५ हजार ७ सय रुपैयाँ बढ्यो


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।