एमाले जनसभालाई सम्बोधन गर्न प्रम ओली आज बुटवल जाँदै

एमाले जनसभालाई सम्बोधन गर्न प्रम ओली आज बुटवल जाँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् । नेकपा एमालेले आज दिउँसो बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी बुटवल जान लागेका हुन् ।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल मण्डप छानिएको हो ।

सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थ मन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाने तयारी रहेको छ ।