काठमाडौं । नेकपा एमालेले आज (सोमबार) सचिवालय बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ । यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । यस्तै, राजवादीका पछिल्ला गतिविधि र सरकारका कामबारेपनि बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया