चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन् ।
गोन्द्राङ-पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीलाई स्वागत गर्न रेनु भरतपुर विमानस्थलमै पुगेकी थिइन् ।
फूलको बुके बोकेर पुगेकी उनी र प्रधानमन्त्री ओलीबीच विमानस्थलमै सौहार्दपूर्ण वातावरणमा केही समय कुराकानी भयो । दुवै मुस्कुराउँदै एकअर्काको हालखबर पनि सोधेका थिए ।
रेनु आफ्नो स्वागतमा आएको देखेपछि प्रधानमन्त्री पनि खुसी भएका थिए । स्वागतमा मेयर रेनु आएपछि ओलीले खबर सोधे । आफ्नो स्वागतमा आएकी रेनुलाई प्रधानमन्त्रीले सोधे, ‘छोरी सन्चै छौ ?’
जवाफमा रेनुले पनि मुस्कुराउँदै मुन्टो हल्लाइन् ।
प्रतिक्रिया