काठमाडौं । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदनमा आज पनि हेर्न नभ्याइने भएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि १३ औँ नम्बरमा पेसी तोकिएकोमा उक्त रिट र निवेदन हेर्न नभ्याइनेमा पठाइएको हो । आइतबार पनि उक्त रिट र निवेदन हेर्न नभ्याइने भएको थियो ।
हिजो न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त रिट र निवेदनमाथि पेसी तोकिए पनि हेर्न नभ्याइने भएको थियो ।
प्रतिक्रिया